मुस्लिम समुदायलाई प्रचण्डको बकर ईद शुभकामना, शान्ति र एकताको आह्वान

1.2k Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले बकर ईदले त्याग, सद्भाव, मानवता र आपसी भाइचाराको महत्वपूर्ण सन्देश दिने उल्लेख गरेका छन्। उनले यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता, राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश भएको उल्लेख गर्दै यस्ता पर्वहरूले आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

ईद उल अजहा मुस्लिम समुदायको प्रमुख धार्मिक चाडमध्ये एक हो, जसलाई त्याग र आस्थाको प्रतीकका रूपमा मनाइन्छ।

सम्बन्धित समाचार