काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक चार दशमलव ९९ अङ्कले बढेर दुई हजार ७८२ दशमलव १० विन्दुमा पुगेको हो ।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि एक दशमलव २१ अङ्कले बढेर ४७५ दशमलव ५१ विन्दुमा पुगेको छ । कारोबार भएका कम्पनीमध्ये १५१ कम्पनीको शेयर मूल्य बढ्दा १०५ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज कुल ३५४ कम्पनीको एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा छ अर्ब तीन करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, नेशनल हाइड्रोपावर, अपि पावर र ङ्यादी ग्रुप पावर अगाडि रहेका छन् ।
यस्तै, कालीञ्चोक हाइड्रोपावर, बुङ्गल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, आँखुखोला जलविद्युत् कम्पनी र माथिल्लो मैलुङ खोला जलविद्युत्का लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
त्यसैगरी सानिमा डिबेञ्चर, मञ्जुश्री फाइनान्स, माछापुच्छ्रे बैंक डिबेञ्चर, सिर्जनशील लघुवित्त र प्राइम डिबेञ्चरका लगानीकर्ताले भने घाटा व्यहोरेका छन् ।