राखेपको निर्णय : क्यान सदस्य छुम्बी लामा फिर्ता बोलाइए
2.4k
Shares
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ (क्यान) मा राखेप कोटाबाट सदस्य बनेका छुम्बी लामालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
राखेपले लामालाई पत्राचार गर्दै उनलाई क्यानबाट फिर्ता बोलाइएको जानकारी दिएको छ । साथै उक्त निर्णय कार्यान्वयन गरेर जानकारी गराउन क्यानलाई समेत निर्देशन दिइएको छ ।
लामा करिब दुई वर्षअघि तत्कालीन सदस्यसचिव टंकलाल घिसिङको कार्यकालमा राखेप कोटाबाट क्यानको सदस्यमा नियुक्त भएका थिए । पछि क्यान नेतृत्वमा चतुरबहादुर चन्द अध्यक्ष र पारस खड्का सचिवमा निर्वाचित भएपछि उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
राखेपअन्तर्गतको संघ संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईद्वारा पठाइएको पत्रमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेप खेलकुद विकास विभाग, राखेप सचिवालय र क्यानलाई समेत बोधार्थ दिइएको छ ।
यो निर्णयसँगै क्यानको आन्तरिक संरचना र राखेप कोटा प्रतिनिधित्वबारे पुनः छलफल हुने सम्भावना देखिएको छ ।