आईपीएलमा आज आरसिबी र गुजरात भिड्दै, फाइनल यात्राको निर्णायक खेल

7.1k Shares

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ । मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र गुजरात टाइटन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे धर्मशाला मैदानमा सुरु हुनेछ ।

समूह चरणमा आरसिबीले १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो । समान अंक भए पनि रनरेटका आधारमा गुजरात दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो ।

यस्तै बुधबार इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुनेछन् । उक्त खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

आईपीएलको फाइनल खेल आइतबार हुने तालिका छ ।

 
 
सम्बन्धित समाचार