काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको नयाँ श्रेणी विभाजन गर्दै केन्द्रीय सम्झौतामा समावेश हुने खेलाडीहरूको नाम सार्वजनिक गरेको छ। क्यानले पुरुषतर्फ ३८ तथा महिलातर्फ २५ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको हो।
क्यानले सार्वजनिक गरेको सूचीअनुसार पुरुषतर्फ ‘ए प्लस’ श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्। ‘ए’ श्रेणीमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी समावेश छन्।
त्यस्तै ‘बी’ श्रेणीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव रहेका छन्। ‘सी’ श्रेणीमा अनिलकुमार शाह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहव आलम, शेर मल्ल र सन्दीप जोरा समावेश छन्।
डेभलप्मेन्ट श्रेणीमा अर्जुन घर्ती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रसिद खान, रिजन ढकाल, सन्तोष यादव, तृतराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जिसी रहेका छन्।
क्यानले ‘ए प्लस’ श्रेणीका खेलाडीलाई मासिक एक लाख २० हजार रुपैयाँ, ‘ए’ श्रेणीलाई एक लाख रुपैयाँ, ‘बी’ श्रेणीलाई ७५ हजार रुपैयाँ, ‘सी’ श्रेणीलाई ५५ हजार रुपैयाँ तथा डेभलप्मेन्ट श्रेणीका खेलाडीलाई ३५ हजार रुपैयाँ पारिश्रमिक निर्धारण गरेको जनाएको छ।
महिलातर्फ ‘ए’ श्रेणीमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महत्तो, पूर्वकप्तान रुबिना क्षेत्री र पूर्वउपकप्तान सीता राना मगर रहेका छन्। ‘बी’ श्रेणीमा कविता कुँवर, मनिषा उपाध्याय र सम्झना खड्का तथा ‘सी’ श्रेणीमा विन्दु रावल, कविता जोशी, रिया शर्मा र रुबी पोद्दार समावेश छन्।
डेभलप्मेन्ट श्रेणीमा अनु कडायत, अश्मिना कर्माचार्य, इश्वरी विष्ट, काजल श्रेष्ठ, लक्ष्मी साउद, ममता चौधरी, रचना चौधरी, रोमा थापा, सावित्री धामी, साना प्रविण, सिमाना केसी, सोनी पाख्रिन, सुमन विष्ट र यशोदा विष्ट रहेका छन्।
महिला खेलाडीको पारिश्रमिकमा पनि वृद्धि गरिएको क्यानले जनाएको छ। ‘ए’ श्रेणीका महिला खेलाडीले मासिक ५५ हजार रुपैयाँ, ‘बी’ श्रेणीले ४० हजार रुपैयाँ, ‘सी’ श्रेणीले ३० हजार रुपैयाँ तथा डेभलप्मेन्ट श्रेणीले २५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्। सबै श्रेणीमा महिला खेलाडीको मासिक पारिश्रमिक पाँच हजार रुपैयाँले बढाइएको क्यानले जनाएको छ।