1k
Shares
ललितपुर । सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सामुदायिक रेडियोलाई प्रविधिमैत्री र जनअपेक्षाअनुसार सञ्चालन गर्नुपर्ने बताएका छन् ।
रेडियो सगरमाथाको ३०औँ वार्षिकोत्सवमा उनले उत्तरदायी पत्रकारिता र सञ्चारमाध्यमको दिगोपनाका लागि सरकार सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
उनले लोककल्याणकारी विज्ञापनको पारदर्शी उपयोग आवश्यक रहेको पनि बताए । कार्यक्रममा वक्ताहरूले रेडियो सगरमाथाले समुदायको आवाज उठाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए ।