925
Shares
काठमाडौँ। युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। जन्मजयन्तीका अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन, श्रद्धाञ्जली सभा तथा स्मरण कार्यक्रम आयोजना गरिएका छन्।
नेपाली साहित्यमा मानवतावाद, राष्ट्रप्रेम र सामाजिक चेतनाको स्वर बुलन्द बनाएका सिद्धिचरण श्रेष्ठका कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन्। उनका कविता र लेखनले नेपाली समाजमा चेतना जगाउने काम गरेको साहित्यकारहरूको भनाइ छ।
वि.सं. १९६७ सालमा जन्मिएका श्रेष्ठले नेपाली आधुनिक कविताको विकासमा महत्वपूर्ण योगदान दिएका थिए। जन्मजयन्तीका अवसरमा साहित्यप्रेमी तथा शुभेच्छुकहरूले उनलाई सम्झँदै सम्मान व्यक्त गरेका छन्।