अल नासर साउदी प्रो लिग २०२५/२६ को च्याम्पियन,

2k Shares

रियाद । साउदी अरबको शीर्ष फुटबल प्रतियोगिता साउदी प्रो लिग २०२५/२६ को उपाधि अल नासर ले जितेको छ । अन्तिम खेलमा दमाकलाई ४–१ ले पराजित गर्दै अल नासरले रोमाञ्चक सिजनको अन्त्य उपाधिसहित गरेको हो ।

अल नासरले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै खेलमा पूर्ण नियन्त्रण कायम गरेको थियो । कप्तान क्रिस्टियानो रोनाल्डो ले दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले । त्यसैगरी साडियो मानेले पनि एक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जोआओ फेलिक्सले आक्रमण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

442441.jpg

दमाकले खेलको दोस्रो हाफमा एक गोल फर्काए पनि अल नासरको दबदबा रोक्न सकेन । यस सिजनभर अल नासर र अल हिलाल बीच उपाधि दौड निकै प्रतिस्पर्धात्मक रहेको थियो ।

अन्तिम चरणसम्म दुबै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि अन्ततः निर्णायक खेलमा अल नासरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

यो जितसँगै अल नासरले साउदी प्रो लिगमा एक ऐतिहासिक सफलता हात पारेको छ । क्रिस्टियानो रोनाल्डोको आगमनपछि क्लबले घरेलु प्रतियोगितामा पहिलो ठूलो उपाधि जितेको रूपमा यसलाई महत्वपूर्ण उपलब्धि मानिएको छ ।

images (1).jpeg

लिगभर उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोले निर्णायक खेलमा गरेको दुई गोलले उनको अनुभव र नेतृत्व क्षमतालाई पुनः प्रमाणित गरेको छ । समर्थकहरूले यस जितलाई क्लब इतिहासकै महत्त्वपूर्ण उपलब्धिमध्ये एकको रूपमा स्वागत गरेका छन् । सिजनको अन्त्यसँगै अल नासरले उपाधि हात पार्दै साउदी फुटबलमा आफ्नो प्रभुत्व बलियो बनाएको छ ।

 
सम्बन्धित समाचार