सञ्चार मन्त्रालयद्वारा तीन महत्वपूर्ण पदमा आवेदन माग
1.3k
Shares
काठमाडौं । प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार सूचना जारी गर्दै आवेदन मागेको हो ।
यसैगरी, गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि पनि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ । तीनवटै पदका लागि इच्छुक व्यक्तिले १८ जेठसम्म आवेदन दिन सक्नेछन् । दरखास्तसम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।
सरकारले अध्यादेशमार्फत पदाधिकारीहरूलाई पदमुक्त गरेपछि प्रेस काउन्सिल नेपाल र पीएसबी नेतृत्वविहीन बनेका थिए । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी भने कार्यकाल पूरा गरी बिदा भएका थिए ।