काठमाडौं । आर्सनल फुटबल क्लब ले २२ वर्षपछि पहिलोपटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । मंगलबार म्यानचेस्टर सिटी फुटबल क्लब ले एएफसी बर्नमाउथ विरुद्ध बराबरी खेलेपछि आर्सनल औपचारिक रूपमा च्याम्पियन बनेको हो ।
उपाधि दौडलाई अन्तिम खेलसम्म लैजान सिटीलाई जित आवश्यक थियो । तर खेलको पहिलो हाफमा बोर्नमाउथका जुनियर क्रुपीले गोल गरेपछि सिटी दबाबमा परेको थियो ।
अतिरिक्त समयमा अर्लिङ हालान्ड ले बराबरी गोल फर्काए पनि सिटीले जित निकाल्न सकेन । त्यससँगै आर्सनलको उपाधि यात्रा सुनिश्चित भयो ।
प्रशिक्षक मिकेल आर्टेटा को नेतृत्वमा आर्सनलले सन् २००३–०४ पछि पहिलोपटक लिग उपाधि जितेको हो । त्यसबेला आर्सेन वेङ्गर को नेतृत्वमा आर्सनल अपराजित रहँदै च्याम्पियन बनेको थियो ।