काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा को बैठक आज बिहान ११ बजे बस्दै छ । मंगलबार बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल भएको थियो ।
छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिएका थिए । उक्त प्रस्तावमाथि छलफल सोमबारदेखि सुरु भएको हो । गत ३१ वैशाखमा बसेको बैठकमा अर्थमन्त्री वाग्लेले आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेका थिए ।
त्यसैगरी, राष्ट्रिय सभा को बैठक पनि आज दिउँसो सवा १ बजे बस्ने कार्यसूची रहेको छ ।