प्रधानन्यायाधीश शर्माले लिए शपथ, औपचारिक रूपमा सम्हाले जिम्मेवारी

1.4k Shares

काठमाडौं । मनोज शर्मा ले राष्ट्रपति रामचन्द्र पौडेल बाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवास मा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई शपथ गराएका हुन् । संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरिएको थियो ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का पदाधिकारी, मन्त्रीहरू तथा उच्चपदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।

शर्माले शपथसँगै प्रधानन्यायाधीशको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् । उनले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता तथा प्रभावकारिता कायम राख्दै कानूनको शासनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको नियुक्तिसँगै सर्वोच्च अदालतको नेतृत्वले नयाँ दिशा लिने अपेक्षा गरिएको छ । न्याय क्षेत्रमा सुधार, छिटो न्याय सम्पादन तथा जनविश्वास बढाउने विषय अब उनको मुख्य चुनौतीका रूपमा हेरिएको छ ।

 
सम्बन्धित समाचार