नागरिकमैत्री प्रहरी सेवा दिन आईजीपीको आग्रह

967 Shares

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की ले हालै सरुवा भएका एसपी र डीएसपीलाई नागरिकको अपेक्षाअनुसार प्रभावकारी काम गर्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले परम्परागत पुलिसिङभन्दा फरक ढंगले नागरिकमैत्री, उत्तरदायी र छिटोछरितो सेवा प्रवाह गर्न जोड दिएका हुन्।

आईजीपी कार्कीले प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता, अनुशासन, निष्ठा र इमानदारीका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै संगठनको छवि उँचो बनाउने व्यवहार अपनाउन निर्देशन दिए। साथै व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई प्राथमिकतामा राख्दै विभेदरहित र कानुनसम्मत रूपमा काम गर्नुपर्ने बताए।

उनले आफ्नो कार्यक्षेत्रका सम्भावित सुरक्षा चुनौतीको पहिचान गरी योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्नुपर्नेमा पनि जोड दिएका छन्।

 
सम्बन्धित समाचार