जीवजन्तुप्रति क्रूर अभिव्यक्तिविरुद्ध आशिका तामाङ

1.2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाएकी छन् । सांसद ध्रुवराज राईले बाँदर नियन्त्रण गर्न बाँदर मार्नुपर्ने अभिव्यक्ति दिएपछि उनले त्यसमा आपत्ति जनाएकी हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राईले बाँदरको समस्या नियन्त्रणका लागि मार्नुपर्ने धारणा राखेका थिए । त्यसलगत्तै बोल्दै सांसद तामाङले ‘बाँदरलाई मार्न पाउनुपर्छ’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।

उनले जीवजन्तुप्रति क्रूर व्यवहारलाई प्रोत्साहन गर्ने खालका अभिव्यक्ति सदनमा प्रयोग गर्न नहुने बताउँदै उक्त विषयमा नियमापत्ति जनाएकी हुन् ।

सम्बन्धित समाचार