संसदमा विरोध गर्दा मर्यादा ननाघ्न सभामुखको सांसदहरूलाई आग्रह

2.3k Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर विरोध प्रदर्शन गर्नु कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले रोस्ट्रमअगाडि पर्चा प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो बताएका हुन् ।

सभामुख अर्यालले विरोध गर्ने विभिन्न शैली हुने भए पनि संसद्को मर्यादा कायम राख्नुपर्ने बताए । उनले सांसदहरूलाई मर्यादाभित्र रहेर विरोध गर्न निर्देशन दिएका हुन् । उनले “पर्चा देखाएर सदनमा विरोध गर्न कानुन–नियमावलीले अनुमति दिएको छैन” भन्दै आगामी दिनमा मर्यादामा बसेर विरोध गर्न आग्रह गरे ।

सम्बन्धित समाचार