काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका प्रमुख सन्तोष भण्डारीका अनुसार वरिष्ठ उपाध्यक्षमा डिल्लीबहादुर तामाङ निर्वाचित भएका छन् । त्यसैगरी ७ उपाध्यक्षमा उदयबहादुर केसी, दिलबहादुर लामा, सुवास बम, दीपक पाण्डे, दीपकबाबु बोगटी, बद्री कुँवर र सुरेश बानियाँ चयन भएका छन् ।
महासचिवमा छतेन्द्र आचार्य निर्वाचित हुँदा कोषाध्यक्षमा लवकृष्ण श्रेष्ठ चुनिएका छन् । सचिवमा ङेमा लामा, नारायण सुवेदी, विष्णु ज्ञवाली र सपना नहर्की निर्वाचित भएका छन् भने सहकोषाध्यक्षमा रुद्रमणि धिताल चयन भएका छन् ।
महासंघको केन्द्रीय सदस्यमा नवराज चौलागाईं, शेषनारायण शर्मा, हिमाअ लम्साल, मुकुन्द सत्याल, लोकेन्द्र बुढाथोकी, विवेक बाध्यकार, सिताराम तिमल्सिना, दिलबहादुर तामाङ, भगतबहादुर रावल, यादव सुवेदी, दीपेन्द्रप्रसाद अवस्थी, शिवप्रसाद खतिवडा, रुजन श्रेष्ठ, दीपककुमार ओझा, कविन्द्र अधिकारी, मिलन स्याङ्तान, सन्तोष थापा, हरिप्रसाद पौडेल, चिन्तामणि खरेल, केशव खनाल, चन्द्रप्रसाद न्यौपाने, टेकबहादुर थापा, गणेशबहादुर बोगटी र राजु सिंह टुक्रिया निर्वाचित भएका छन् ।
महासचिव छतेन्द्र आचार्यका अनुसार नवनिर्वाचित कार्यसमितिले पदभारसमेत ग्रहण गरिसकेको छ । महाधिवेशनमा अध्यक्षसहित अधिकांश पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका थिए भने ७ उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा मात्रै निर्वाचन भएको थियो ।
महासंघको तेस्रो महाधिवेशनमा देशभरिबाट करिब १५ सय प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।