एनसेलको मुख्यालयमा सीआईबीको छापा

2k Shares

काठमाडौं । एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको छ । सीआईबी स्रोतका अनुसार कम्पनीमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदन र नेपाल दूरसञ्चार प्राधिकरणको पत्राचारका आधारमा अनुसन्धान अगाडि बढाइएको हो ।

सीआईबीका अनुसार एनसेल गैरकानुनी रूपमा स्मार्ट टेलिकमको सामान लिलामी गरेको तथा त्यसअघि शेयर बाँडफाँटसम्बन्धी विवादास्पद गतिविधिमा संलग्न भएको आशंकामा अनुसन्धानको दायरामा आएको हो ।

स्रोतका अनुसार स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट बैंक सँग मिलेर गैरकानुनी रूपमा सम्पत्ति लिलामी गरिएको विषयमा अनुसन्धान भइरहेको छ । सोही क्रममा कम्पनीका अन्य गतिविधिमाथि पनि छानबिन अगाडि बढाइएको जनाइएको छ ।

सीआईबी टोलीले एनसेलको मुख्यालयबाट केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ । अनुसन्धान जारी रहेकाले थप विवरण सार्वजनिक नगरिएको प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार