काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । साथै, नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्री शाहले दिने कार्यसूची तय गरिएको छ ।
यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याइएको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ । सभामुखले उक्त नीति तथा कार्यक्रमलाई संसद्मा निर्णयार्थ पेश गर्ने कार्यक्रमसमेत रहेको संसद् सचिवालयले जनाएको छ ।