संघीय संसद आज बस्दै, सांसदहरूले नीति तथा कार्यक्रमबारे धारणा राख्ने

2.4k Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने तय भएको छ । बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार छलफलमा दलीय प्रतिनिधित्वका आधारमा विभिन्न राजनीतिक दलका सांसदहरूले आफ्नो धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले ‘नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् ।

सम्बन्धित समाचार