काठमाडौं । सरकारले राष्ट्रपति मार्फत जारी भएका आठवटै अध्यादेश प्रतिनिधिसभामा प्रस्तुत गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित अध्यादेशहरू सदनमा पेश गरिएको हो।
बैठकमा कानून मन्त्री सोविता गौतम ले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३, संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०८३ तथा केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश पेश गरिन्।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश संसद्मा टेबुल गरे। भूमि व्यवस्था मन्त्री प्रतिभा रावल ले सहकारी (पहिलो संशोधन) अध्यादेश प्रस्तुत गरिन्।
स्वास्थ्य मन्त्री निशा मेहता ले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश पेश गरिन् भने शिक्षा मन्त्री सस्मित पोखरेल ले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश संसद्मा प्रस्तुत गरेका थिए।
सरकारले प्रशासनिक, आर्थिक, शैक्षिक तथा कानुनी संरचनामा सुधार र अद्यावधिक गर्ने उद्देश्यसहित यी अध्यादेशहरू संसद्मा अघि बढाएको जनाएको छ।