एआई कम्पनीहरू किन मानिसलाई डराउन चाहन्छन् ?

2k Shares

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) विकास गरिरहेका ठूला कम्पनीहरूले आफ्ना प्रविधिलाई ‘अत्यन्त शक्तिशाली’ र ‘खतरनाक’ भन्दै सार्वजनिक रूपमा चेतावनी दिन थालेपछि यसको उद्देश्यबारे बहस चुलिएको छ । विज्ञहरूका अनुसार यस्तो डरको वातावरण सिर्जना गर्नुमा कम्पनीहरूको व्यावसायिक स्वार्थ पनि जोडिएको हुन सक्छ ।

हालै एआई कम्पनी एन्थ्रोपिकले आफ्नो नयाँ मोडल ‘क्लाउड मिथोस’ अत्यन्त शक्तिशाली भएको दाबी गर्दै गलत हातमा परे साइबर सुरक्षा, अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्न सक्ने चेतावनी दिएको थियो । कम्पनीले उक्त मोडल पूर्ण रूपमा सार्वजनिक नगर्ने बताएको छ ।

CYajJ1cHsyTh0GtgNkLC6UghfptBY_9rTCtqMBsG73Rd_8X8hBQaVzvCYhT9bt6STFY_BId1ZS6XC0ddCV4NxAvD6ifN2O5hY_aSPguzx93n2jVvTcYJrxNKNgtsy4L9W_FrKVws3-fqASUmmx58j0ouf8r70lWPvxmjlq5RAmdfI0R-JQbEiD5AkbNS6c58.jpeg

तर आलोचकहरूका अनुसार यस्ता चेतावनीले वास्तविक समस्याबाट ध्यान मोड्ने काम गर्छ । उनीहरू भन्छन्, एआई कम्पनीहरूले भविष्यको ‘एआई विनाश’ को डर देखाएर अहिले भइरहेको श्रम शोषण, ऊर्जा खपत, गोपनीयता हनन तथा मानसिक स्वास्थ्यमा परेको प्रभावजस्ता विषय ओझेलमा पारिरहेका छन् ।

विशेषज्ञहरूले डरको राजनीति प्रयोग गरेर ठूला कम्पनीहरूले आफूलाई मात्रै ‘सुरक्षित रूपमा एआई सञ्चालन गर्न सक्ने संस्था’ का रूपमा प्रस्तुत गर्न खोजेको तर्क गरेका छन् । यसले कडा नियमनबाट बच्न र बजारमा प्रभुत्व कायम गर्न मद्दत पुग्ने उनीहरूको भनाइ छ ।

V0YEjwyfkVdPCywcyrWcpZs6_iOo7M1Iejh8DpLsmjM_glfn-7xfxrBwjSK4wCoUXA0nvakgmw-TZ7Ss57cylC2EBSc5-020OvhW0xOdBbY1uIuwZkO6FejlP6ObJ2ziOBS1vBaMva8LookQWlGf3NdPMjRwfssE2DlTCXIY3dSjx_PqpGmRRMvn_HKVqt2J.jpeg

एआईको तीव्र विकास, अर्बौं डलरको लगानी र लगातार सार्वजनिक भइरहेका नयाँ प्रविधिका कारण मानिसहरूमा असुरक्षाको भावना बढिरहेको विश्लेषण पनि गरिएको छ । केही कम्पनीहरूले यही मनोविज्ञानलाई प्रयोग गरेर आफ्नो प्रभाव विस्तार गरिरहेको टिप्पणी गरिएको छ ।

यद्यपि, एआईका जोखिम पूर्ण रूपमा काल्पनिक भने नभएको विज्ञहरूको भनाइ छ । एआई कम्पनीहरूकै उच्च अधिकारीहरूले समेत अनियन्त्रित एआईले समाज, राजनीति र रोजगारी क्षेत्रमा गम्भीर असर पार्न सक्ने चेतावनी दिँदै आएका छन् ।

सम्बन्धित समाचार