बजेट तयारीमा सरकार जुट्यो, मन्त्रालयगत छलफल सुरु

1.6k Shares

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियालाई अघि बढाउँदै मन्त्रालयगत छलफल सुरु गरेको छ । पहिलो दिन विभिन्न नौ मन्त्रालयसँग बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको जनाइएको छ ।

छलफलमा गृह, उद्योग, शिक्षा, सञ्चार, श्रम लगायतका मन्त्रालयका मन्त्री तथा सचिवहरू सहभागी भई प्रस्तावित कार्यक्रम, स्रोत व्यवस्थापन र खर्चको ढाँचाबारे आफ्नो धारणा राखेका छन् । बजेट लेखन समिति, राजस्व र अर्थ सचिवसहितका अधिकारीहरू पनि बैठकमा सहभागी भएका थिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा भइरहेको यस प्रक्रियामा आगामी बजेटलाई यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । बाँकी मन्त्रालयहरूसँगको छलफल क्रमशः जारी रहने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार