सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश–२०८३’ लागू भएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा मेडिकल कलेज) का उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी पदमुक्त भएका छन् ।
पदबाट हटाइएपछि उनले विश्वविद्यालयको भविष्यप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि कामना गरेका छन् । यसअघि दुईपटक आवेदन नपरेपछि तेस्रोपटक खुलेको विज्ञापनबाट नियुक्त भएका जोशी करिब केही महिनामै पदमुक्त भएका हुन्। उक्त अध्यादेशका कारण उपकुलपतिसहित रजिस्ट्रार र अन्य पदाधिकारीहरू पनि पदमुक्त भएका छन् ।