काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई काठमाडौंको नक्सालबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले जानकारी दिए ।
उनका अनुसार गोल्छालाई 'धितोपत्र सम्बन्धी ऐन, २०६३' अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टको व्यावसायिक कारोबारमा 'कनेक्सन' देखिएपछि छानबिनका लागि गोल्छालाई पक्राउ गरिएको स्रोत बताउँछ ।
धितोपत्र बोर्डले अध्ययन गरेर सार्वजनिक गरेको एक प्रतिवेदनमा भट्ट र गोल्छाबीच कनेक्सन देखिएको थियो। व्यवसायी शेखर गोल्छाले भट्टको कारोबारको रकम भुक्तानीमा सहयोग गरेको बोर्डको प्रतिवेदनमा छ।