काठमाण्डौ । वर्षाले प्रभावित नेपालविरूद्धको पहिलो टी-२० खेलमा युएई विजयी भएको छ । कासोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईले नेपालमाथि ६ विकेटको जित निकालेको हो। वर्षाका कारण १० ओभरमा ७८ रनको लक्ष्य पछ्याएको युएईले ८।५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
युएईका लागि कप्तान तथा ओपनर मोहमद वासीमले १५ बलमा ३३ रन जोडे। उनले पहिलो ओभरमा डेब्यू खेलाडी हेमन्त धामीलाई २० रन प्रहार गरेका थिए । बलिङमा नेपालमा सन्दीप लामिछानेले ३ विकेट लिए। उनले ८ रन खर्चिएर ३ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाएर खेलिरहदा वर्षाले खेल रोकिएको थियो। जसका कारण खेल १० ओभरमा झारियो ।
नेपालले खराब ब्याटिङ गर्दा लगातार विकेट गुमाएको थियो। तेस्रो ओभरमा अर्जुन साउद १३ रनमा बोल्ड भए। जुनइद सिद्धिकीबाट बोल्ड हुनुअघि उनले ११ बलमा ३ चौका प्रहार गरे । दुई ओभरपछि सन्दीप जोरा पनि ६ रन बनाएर पेभिलियन फर्किए । पावरप्लेमा तेस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल छैटौं ओभरमा रनआउटको सिकार बने । उनले ९ बलमा १ चौका र १ छक्काको मद्दतमा १६ रन बनाए ।
कुशल मल्लले २१ बलमा १ चौकाको मद्दतमा १७ रन बनाउन सके। उनी ११औं ओभरमा जुबइरको एलबिडब्लूको धरापमा परे।
नेपालले खराब ब्याटिङ गर्दा लगातार विकेट गुमाएको थियो । तेस्रो ओभरमा अर्जुन साउद १३ रनमा बोल्ड भए । जुनइद सिद्धिकीबाट बोल्ड हुनुअघि उनले ११ बलमा ३ चौका प्रहार गरे ।
त्यसपछि बसिर अहमद ११ बलमा १४ रन जोडेर आउट भएका थिए। गुल्सन झाले १ रन मात्र जोड्न सके । त्यतिबेला नेपालले १६ ओभर चल्दै गर्दा छैटौं विकेट गुमाएको थियो ।
सुस्त ब्याटिङ भइरहेको बेलमा नन्दन यादवले ७ बलमा २ छक्का प्रहार गरेर १३ रन जोडेका थिए। उनी १७औं ओभरमा दुई छक्का प्रहार गरे लगत्तै क्याच भए। अर्को ओभरमा शेर मल्ल शून्यमा आउट भएका थिए । खेलमा कप्तान दीपेन्द्रसिंह ऐरी ३२ रन र सन्दीप लामिछाने २ रन बनाएर खेलिरहेका थिए।
बलिङमा युएईका जुहइबले ३ विकेट लिएका थिए । अब दोस्रो खेल मंगलबार हुनेछ ।