पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन

4.2k Shares

१९ असार, काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको खबर आएको छ। स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको छ ।

car-crash.png

२८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक जानकारीअनुसार गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ ।

कारमा उनी उनका भाइसँगै थिए । दुर्घटनामा दुवैको निधन भएको छ । रिपोर्टअनुसार कार दुर्घटनापछि आगो लागेको थियो । जोटाको केही दिनअघि मात्र विवाह भएको थियो । जोटाले गत सिजन लिभरपुलबाट प्रिमियर लिग फुटबलको उपाधि जितेका थिए भने गत महिना पोर्चुगलका लागि यूईएफए नेसन्स लिग फुटबलको पनि उपाधि जितेका थिए । पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको खबरले विश्व फुटबल जगतमा गहिरो शोक छाएको छ।

जोटाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रोनाल्डोले भने-  ‘तिम्रो परिवार, श्रीमती र बच्चाहरूलाई मेरो समवेदना

लिभरपुल र पोर्चुगलका फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएपछि विश्वभरबाट शोक सन्देश आइरहेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि सामाजिक सञ्जालमार्फत गहिरो समवेदना प्रकट गरेका छन्।

रोनाल्डोले लेखेका छन्, ‘केही समयअघि मात्र हामी राष्ट्रिय टिममा सँगै थियौं । अझै भर्खर तिमी विवाह बन्धनमा बाँधिएका थियौ। यो विश्वास गर्नै गाह्रो भइरहेको छ।’

ronaldo-jota.png

उनले जोटाको परिवारप्रति समवेदना प्रकट गर्दै थप लेखे, ‘तिम्रो परिवार, श्रीमती र बच्चाहरूलाई मेरो समवेदना । म उनीहरूलाई संसारकै सबैभन्दा ठूलो शक्ति र हिम्मतको कामना गर्छु । मलाई थाहा छ, तिमी सधैं उनीहरूका साथ रहनेछौ ।’ अन्त्यमा रोनाल्डोले लेखेका छन्, ‘रेस्ट इन पिस, डियगो र आन्द्रे। हामी सबै तिमीलाई धेरै सम्झनेछौं ।’

jota-and-ronaldo-1024x512.png

रोनाल्डो र जोटाले सँगै खेलेर गत महिना सम्पन्न यूईएफए नेसन्स लिग फुटबलको उपाधि जितेका थिए । जोटासँगै कारमा रहेका उनका भाइ आन्द्रे सिल्भाको पनि निधन भएको छ ।

रोनाल्डो र जोटाले सँगै खेलेर गत महिना सम्पन्न यूईएफए नेसन्स लिग फुटबलको उपाधि जितेका थिए । जोटासँगै कारमा रहेका उनका भाइ आन्द्रे सिल्भाको पनि निधन भएको छ ।

सम्बन्धित समाचार