दशैंपछि मलाई मुद्दा लगाउने तयारी गर्दैछन् : रवि लामिछाने

2.8k Shares

असोज १८, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले दशैंपछाडि मुद्दा लगाउने तयारी गरिरहेको बताएका छन् ।

चितवनको इच्चाकामना गाउँपालिकामा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

सुनुवाइमा सहभागी एकजना युवाले संसद्‍मा खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मानहानीको मुद्दा हाल्न दिएको सुझावको जवाफ दिने क्रममा रविले यसो भनेका हुन् ।

लामिछानेले सुनुवाइका क्रममा अन्य पार्टीका नेताहरूले वषौँसम्म केही नगरेको जिकिर गरे । रास्वपा आएको केही समयमै चितवन क्षेत्र नम्बर २ मा पनि उल्लेख्य काम भएको दाबी लामिछानेले गरे ।

‘रवि लामिछानेले सहकारी ठगेको जसरी गरिमामय संसद् घेराबन्दी गरेर घोक्रो फुलाई फुलाई खाली कागज देखाएर, प्रमाण मसँग छ भनेको सुनेका थियौँ । संसदीय छानबिन समितिले तिमीसँग प्रमाण छ भने ल्याउ भन्दा खाली कागज देखाउने पात्रलाई किन मुद्दा हाल्नु हुन्न ?

श्रेष्ठले महामन्त्री थापातिर लक्षित गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका रविसँग भने ‘तपाईंले अहिले त्यो खाली कागज देखाउने पात्रलाई मानहानीको मुद्दा हाल्नुभएन भने अन्यलाई पनि उसले फसाउने षडयन्त्र गर्न सक्छ । खाली कागज देखाउनेलाई मानहानीको मुद्दा हाल्नुस् ।’

जबाफमा लामिछानेले भने ‘कहाँ मानहानीको मुद्दाको कुरा गरेको? दशैँपछाडि मलाई मुद्दा लगाउने तयारी गरिरहेका छन्’ उनले भने ‘अहिलेबाटै मुद्दा लगाउने कोसिस भइरहेको छ । दशैँ मानेर मलाई मुद्दा हाल्ने गरी तयारी भएको सुनेको छु ।’

सम्बन्धित समाचार