सर्वोच्चले खारेज गर्‍यो अन्तरिम आदेश, प्रहरीमा ३० वर्षे सेवावधि नहट्ने

2.1k Shares

काठमाडौं- नेपाली प्रहरीको ३० वर्षे सेवावधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी अन्तरिम आदेशलाई खारेज गरेको छ।

यही भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश फुयालको एकल इजलासले यससम्बन्धी निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो । तर उनको आदेशलाई शुक्रबार न्यायाधीशद्वयले खारेज गर्दै ३० वर्षे नै यथावत रहने निर्णय सुनाएका छन् । यससँगै अब प्रहरीमा ३० वर्षे सेवावधि कायम भएको छ ।

यसअघि नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन मागसहित परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले भदौ ६ गते अन्तरिम आदेश दिएका थिए ।

सम्बन्धित समाचार