अशोकराज सिग्देल प्रधान सेनापतिमा नियुक्त

1.7k Shares

भाद्र १२, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देललाइ  नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले बुधबार सिग्देललाई प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । का.मु. प्रधान सेनापति कार्यभार सम्हाल्दै आएका सिग्देललाई भदौ २४ गतेदेखि लागु हुने गरी नियुक्त गरेका हुन् ।

साउन २४ गते प्रभुराम शर्मा बिदामा गएका थिए । उनले कायममुकायम प्रधान सेनापति सिग्देललाई कार्यभार बुझबुझारथ गरी बिदामा बसेका थिए ।

Scan_20240828-1724831017.jpg

सम्बन्धित समाचार