सर्लाहीको बागमती नगरपालिकाले माघ ३ गतेदेखि आयोजना गरेको निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविरमा माघ ८ गते सम्म एक हजार छ सय ४० जनाले लाभ लिएका छन् ।बागमती नगरपालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंको प्राविधिक सहयोगमा सर्लाहीको क्षेत्र नम्बर ३ भरीका विभिन्न स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविरमा माघ ८ गते सम्म आउँदा एक हजार छ सय ४० जनाले लाभ लिएका र त्यस मध्य तीन सय चार जनामा मोतिविन्दुको समस्या देखिएको पाइएको बागमती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले जानकारी दिए ।
निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविरमा पहिलो दिन माघ ३ गते मानपुर स्वास्थ्य चौकी बसबरियामा तीन सय २१ जनाको आँखा जाँच गर्दा ७७ जनामा मोतिविन्दुको समस्या,माघ ४ गते हरिपुर नगरपालिका १ स्थित जानकीनगर स्वास्थ्य चौकीमा तीन सय २४ जनाको आँखा जाँच गर्दा ५४ जनामा मोतिविन्दुको समस्या,माघ ५ गते बरहथवा नगरपालिका २ हजरिया स्थित रहेको सामुदायिक भवनमा तीन सय ४० जनाको आँखा जाँच गर्दा ६९ जनामा मोतिविन्दुको समस्या,माघ ६ गते रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित रहेको आधारभुत विद्यालय मंगलपुरमा एक सय ९१ जनाको आँखा जाँच गर्दा २७ जनामा मोतिविन्दुको समस्या,माघ ७ गते बागमती नगरपालिका १२ स्थित रहेको जनजागृति आधारभुत विद्यालयमा एक सय ९१ जनाको आँखा जाँच गर्दा २६ जनामा मोतिविन्दुको समस्या र माघ ८ गते बागमती नगरपालिका ४ नयाँबस्ती जनज्योती आधारभुत विद्यालयमा एक सय १३ जनाको आँखा जाँच गर्दा १४ जनामा र सोही दिन हरिवन नगरपालिका २ स्थित अत्रौलीमा एक सय ६० जनाको आँखा जाँच गर्दा ३७ जनामा मोतिविन्दुको समस्या देखिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
१० दिने निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविरमा माघ ९ गते बागमती नगरपालिका ३ धरहरा स्थित रहेको जनकल्याण आधारभुत विद्यालय र माघ १० गते हरिवन नगरपालिका ६ को वडा कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजे सम्म शिविर सञ्चालन हुने आयोजक बागमती नगरपालिकाले जनाएको छ ।शिविरमा छनोट भएका मोतिबिन्दुका बिरामीहरुको अप्रेशन बागमती नगरपालिका ५ स्थित रहेको जनता नमुना माध्यमिक विद्यालयमा माघ १० गते देखी १२ गतेसम्म निःशुल्क गरिने बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।