नगर अस्पताल लालबन्दीलाई दुई थान आधुनिक किसिमको आइसियु बेड सहयोग

2k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको नगर अस्पताल लालबन्दीलाई दुई थान आधुनिक किसिमको आइसियु बेड सहयोग प्राप्त भएको छ ।लालबन्दी नगरपालिका ९ स्थित डुमडुमेमा रहेको नगर अस्पताललाई लायन्स क्लब लालबन्दी सिटीले दुई थान आधुनिक किसिमको आइसियु बेड सहयोग गरेको हो ।लालबन्दी नगरपालिकाले पाँच शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई केही दिन पहिला मात्रै १५ शैयामा स्तरोउन्नती गरी नगर अस्पताल बनाएपछि लान्यस क्लब इन्टरनेशनलका जन्मदाता मेल्भिन जोन्स डेको अवसरमा अस्पताललाई अति आवश्यक रहेको आइसियु बेड प्रदान गरेको लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिस्टिकका रिजन चियरपर्सन राजकुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा यसअघि सामान्य किसिमका बेड मात्रै रहेका साथै भरखरै स्तरोउन्नती गरेको अस्पतालमा वेडहरुको अभाव रहेका कारण थोरै भएपनि राहत पुर्याउने उद्धेश्यले करिब रु तीन लाख पर्ने दुईवटा बेड सहयोग गरेको हो ।प्राथमिक स्वास्थ्य केन्द्रबाट नगर अस्पतालमा स्तरोउन्नती गरिएको अस्पतालमा केही साताभित्रै प्रसुतितर्फ शल्यक्रिया सेवा प्रारम्भ गर्ने तयारी भइरहेको नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जाकनारी दिए ।उनका अनुसार लायन्स क्लब लालबन्दीले शनिबार हरिवन नगरपालिका २ स्थित रहेको  अत्रौली स्वास्थ्य चौकीलाई करिब रु दुई लाख ५० हजारको औषधी सहयोग गरेको थियो भने आईतबार नगर अस्पताललाई दुई थान आधुनिक किसिमको आइसियु बेड सहयोग गरेको हो ।

शल्यक्रिया सुरु गर्नासाथ सुत्केरीलाई राख्ने आइसियु बेडको अभाव भइरहेको अवस्थामा लायन्स क्लबको यो सहयोगले ठूलो राहत मिलेको नगर अस्पतालका प्रमुख एवम स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर रामविश्वास रायले बताए ।उनले अप्रेसन सेवा प्रारम्भ गर्न उपकरण जुटाउने काममा लागि परेको समेत बताए ।
लायन्स क्लब लालबन्दीका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल ३२५ एचका एरिया को–अडिनेटर दीपेन्द्र अधिकारी,रिजन चियरपर्सन न्यौपाने,लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष नारायण दाहाल,लायन्स क्लब लालबन्दीका अध्यक्ष सुरेश पौडेल र दुवै क्लबका अन्य पदाधिकारीहरु लगायतको उपस्थितिमा दुई थान आधुनिक किसिमको आइसियु बेड अस्पतालका प्रमुख डा.राय,लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मिकरानी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम लालबन्दी नगरपालिका ९ का वडाध्यक्ष नारायण अधिकारीलाई आइसियु बेड हस्तान्तरण गरिएको लायन्स क्लब लालबन्दीका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल ३२५ एचका एरिया को–अडिनेटर अधिकारीले जानकारी  दिए । 

सम्बन्धित समाचार