लालबन्दीमा एक साता“क्षयरोगमुक्त लालबन्दी नगरपालिका घोषणा अभियान”सञ्चालन हुने

2.5k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले पुस १६ गतेदेखि २२ गते सम्म“क्षयरोगमुक्त लालबन्दी नगरपालिका घोषणा अभियान”सञ्चालन गर्ने भएको छ । पुस १६ गतेदेखि २२ गते सम्म लालबन्दी नगरपालिका भित्रका सबै १७ वटै वडाहरुमा क्षयरोग परीक्षण सम्बन्धी शिविर सञ्चालन गर्न लागिएको नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउन“क्षयरोगमुक्त लालबन्दी नगरपालिका घोषणा अभियान”सञ्चालन गर्न लागिएको हो ।
लालबन्दी नगरपालिका १ स्थित रहेको नेत्रगंज स्वास्थ्य चौकीमा पुष १६ गते,आधारभुत स्वास्थ्य सेवा केन्द्र जियाजोरमा पुष १७ गते,जब्दी स्वास्थ्य चौकीमा पुष १८ गते,आधारभुत स्वास्थ्य  सेवा केन्द्र लालबन्दी नगरपालिका २ पुनरवासमा पुष १९ गते,परवानीपुर स्वास्थ्य चौकीमा पुष २० गते,रानीगंज स्वास्थ्य चौकीमा पुष २१ गते र प्राथमिक स्वास्थ्य केन्द्र(नगर अस्पताल लालबन्दी) लालबन्दी नगरपालिका ९ डुमडुमेमा पुष २२ गते “क्षयरोगमुक्त लालबन्दी नगरपालिका घोषणा अभियान” सञ्चालन गरिने भएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मिक्रानीले बताए ।
वरिष्ठ चिकित्सकहरुबाट सबै जाँच सेवा सुविधा सहितको घुम्ती परीक्षण शिविर सञ्चालन हुने भएकोले छाती दुख्ने,खोकी लाग्ने,दम फुल्ने,राती ज्वरो आउने,थकाई लाग्ने,भोक नलाग्ने, दुब्लाउँदै जाने,श्वासप्रश्वासको दीर्घकालीन समस्या भएका र कुपोषणको समस्या भएका बालबालिकाहरुका साथै वृद्धवृद्धाहरुले निःशुल्क स्वासथ्य जाँच गराउन पाउने लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार