धनुषाको धनौजीमा स्वास्थ्य शिविर तीन सय बढीले लिए सेवा

2k Shares

धनुषाको धनौजी गाउँपालिकामा आयोजित २ दिने प्रजनन् स्वास्थ्य शिविरमा तीन सय एकजनाले सेवा लिएका छन् ।बागमती सेवा समाज नेपाल हरिवन,सर्लाही र आड्रा नेपालद्वारा सञ्चालित WISH–II परियोजना अन्तर्गत धनौजी गाउँपालिकाको आयोजनामा २ दिन सम्म सञ्चालन भएको प्रजनन् स्वास्थ्य शिविरमा पाठेघर(आङ)खस्ने समस्या भएका एक सय ५५ जना,पाठेघर मुखको क्यान्सर सम्बन्धी १८ जना लगायत गरी तीन सय एक जनाले सेवा लिएका बागमती सेवा समाज नेपाल हरिवनका निमित्त कार्यकारी निर्देशक सुनिल साहले जानकारी दिए ।

उनका अनुसार तीन सय एक जना मध्य पाठेघर(आङ)खस्ने समस्या भएका एक सय ५५ जना त्यसमा पहिलो डिग्री भएका ११ जना,दोस्रो डिग्री १० जना,तेस्रो डिग्री दुई जना र रेक्टोसेल वा साईटोसेल -rectocele/cystocele_का १३ जनाले स्वास्थ्य शिविरबाट लाभ लिएका छन् ।त्यस्तै गरी Ring Pessary लगाएको जम्मा संख्या १० जना छन् भने पाठेघर मुखको क्यान्सर सम्बन्धी परिक्षण १८ जनाले सेवा लिएका त्यसमा एक जनाको पोजिटिभ देखिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार परिवार नियोजन सम्बन्धी परामर्श र अस्थायी गर्भ निरोधक सेवाहरु लिएको सेवाग्राहीहरुको संख्या ३६ रहेको छ ।जसमा कन्डम –आठ जना,पिल्स–१२,डिपो प्रोभेरा–पाँच जना,ईम्प्लान्ट–नौ जना,आईभिसिडी–२) र गर्भवती तथा सुत्केरी सेवाग्राहीहरुको संख्या २६ जना रहेका छन् । जसमा एएमसि क्याट्यागोरीका २२ तथा पिएमसि चार जना रहेका छन् । त्यस्तै उक्त शिविरमा पोषण सम्बन्धी परामर्श सेवा लिनेको ५४ जना थिए भने मनोविमर्श सेवा लिनेको संख्या ४९ जना रहेका छन् ।
बागमती सेवा समाज नेपाल र आड्रा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा प्रजनन् स्वास्थ्य शिविरबाट आफ्नो गाउँपालिकाका महिला दिदी बहिनीहरुले स्वास्थ्य सेवा पाईरहेका धनौजी गाउँपालिकाका अध्यक्ष राज कुमार साह बताए ।आगामी दिनमा पालिका आफैंले पनि कार्यक्रम बनाई गाउँ परिषदबाट बजेट विनियोजन गरी महिला दिदीबहिनीहरुका लागि सेवा दिन शिविर गर्ने प्रतिबद्धता जनाउँदै गाउँपालिका अध्यक्ष साहले सहयोगी संस्थाहरुलाई धन्यावाद समेत दिए ।

सम्बन्धित समाचार