हरिवनमा ६ दिन क्षयरोगी पहिचान शिविर,एक हजार बढीले गराए स्क्रिनिङ जाँच एक सय बढी क्षयरोगी फेला,

3.3k Shares

सर्लाहीको हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामीहरु पहिचान गर्न सञ्चालन गरिएको शिविरबाट एक सय २६ जना सम्भावित क्षयरोगी पत्ता लागेका छन् ।हरिवन नगरपालिकाको १,५,६,८,९ र १० नम्बर वडामा छ दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय १४ जनाको स्क्रिनिङ गरिएकोमा एक सय २६ जना सम्भावित क्षयरोगी पत्ता लागेका हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला,प्रादेशिक अस्पताल सर्लाही तथा वागमती सेवा समाज नेपालको समन्वयमा एक्सरे र चिकित्सक सहितको मोबाइल भ्यानबाट ५ दिन सम्म क्षयरोग स्क्रिनिङ क्याम्प संचालन गरिएको थियो ।हरिवन नगरपालिका भित्र कुनैपनि स्वास्थ्य सेवाबाट कोहीपनि बञ्चित हुनु नपरोस,संघियता पछिको स्थानीय तह९स्थानीय सरकार० रहेको सबै नागरिकहरुले महसुस गरुन भनेर शिविर सञ्चालन गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी९कमल०ले बताए ।उनका अनुसार हरिवन नगरपालिका ५ का केही मानिसहरुमा क्षयरोग पहिलै पक्ता लागेर उहाँहरुको पनि विशेष उपचार भईरहेको छ ।
प्रति एक लाख जनसंख्यामा दुई सय ३३ जनालाइ क्षयरोगको संक्रमण हुन सक्ने विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०को अनुमान छ ।विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०ले विश्वलाई सन् २०५० सम्ममा क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य राखेर सोही अनुसार काम गरि रहेको छ । जनघनत्व बढी भएको ठाउँमा बसाइ गर्नु,तल्लो स्तरीय जीवनशैली र सरसफाइ र सन्तुलित भोजनको कमीका कारण यस रोग फोक्सो लगायत शरिरका विभिन्न भागमा लाग्ने नगर स्वास्थ्य शाखाका प्रमुख चौधरीले बताए । उनका अनुसार यो रोग सुरुमा लक्षण बिहीन भएपनि रोग बढ्दै जाँदा पिसाबमा रगत मिसिएर आउनु,पिसाब गर्दा पोल्नु,कोखा दुख्नु,पिसाब पूर्ण रुपमा ननिख्रिनु र पिसाबको धार मसिनो हुनु जस्ता लक्षण देखा पर्छन्।
क्षयरोगको उपचार 
नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमार्फत प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट क्षयरोगको निःशुल्क उपचार गर्दै आएको छ।जुन दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दैनिक रुपमा डट्स केन्द्रबाट औषधी प्रदान गरिन्छ र औषधीले गर्दा देखिएको नकारात्मक असरहरु समयमै अवलोकन गरी आवश्क कदम चाल्न सकिन्छ ।
क्षयरोगीहरुका लागि आइसोनियाजाइड,रिफाम्पिसिन,इथाम्बुटोल,पाइराजिनामाइड प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन् ।यी चार वटा औषधि पहिलो दुई महिनासम्म दिइन्छ भने अर्को चार महिनासम्म आइसोनियाजाइड र रिफाम्पिसिन मात्र दिने गरिएको चिकित्सकहरुको भनाई छ ।समयसमयमा डट्सको प्रोटोकल अनुसार आवश्यक जाँचहरु गरी उपचारले काम गरेको, नगरेको निगरानी गर्ने र औषधीहरुले काम नगरेको खन्डमा आवश्क जाँच गरी अन्य अनेकौं औषधी चलाउन सकिने अवस्थाहरु रहेको चिकित्सकहरुको भनाई छ ।चिकित्सकहरुका अनुसार क्षयरोगको निदान र उपचार आफैंमा पनि एउटा विषेश चुनौती नै हो। यद्यपि पिसिआर जस्ता आधुनिक विधिले यो समस्यालाई केही हदसम्म समाधान गरेको देखिन्छ।

सम्बन्धित समाचार