सर्लाहीको चन्द्रनगर गाउँपालिका ७ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा शिविरमा तीन सय ५२ जनाले आँखा परिक्षण गराएका र जसमध्ये एक सय तीन जनामा मोतीया बिन्दु फेला परेको चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीले जानकारी दए ।उनका अनुसार हेटौंडा सामुदायिक आँखा अस्ताल,चन्द्रनगर गाउँपालिका ७ को कार्यलय तथा आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था लिं चन्द्रनगरले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा निःशुल्क आँखा शिविरको आयोजना गरेको थियो ।
एक सय तीन जना मोतीया बिन्दुका रोगी मध्ये ५२ जनाको शल्यक्रिया हेटौंडा सामुदायिक आँखा अस्तालमा हुने तथा बाँकी ५१ जनाको हेटौंडा सामुदायिक आँखा अस्ताल निजगढ शाखामा निःशुल्क गरिने आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था लिंको सचिव शिवनारायण सिंहले जानकारी दिए ।उनका अनुसार हेटौंडा सामुदायिक आँखा अस्तालबाट आएका चिकित्सकहरुको टिमले अन्य विभिन्न आँखा रोगीहरुलाई निःशुल्क औषधी समेत वितरण गरेका थिए ।