बागमती सेवा समाज नेपाल हरिवनद्धारा मृगौला रोगी मगरलाई आर्थिक सहयोग

2.4k Shares

सर्लाहीको बागमती सेवा समाज नेपाल हरिवनले मृगौला रोगी हिमाली मगरलाई आर्थिक सहयोग गरेको छ ।मृगौला रोगी मगरलाई बागमती सेवा समाज नेपाल हरिवनका अध्यक्ष भरत कुमार कार्कीले रु ७७ हजार तीन सय ९० रुपैँया हस्तान्तरण गरेका हुन ।हरिवनका व्यापारी व्यावसायीहरुका साथै वैदेशिक रोजगारीमा रहेका विभिन्न मानिसहरुबाट संकलन भएको रु ७७ हजार तीन सय ९० रुपैँया बागमती सेवा समाज नेपाल हरिवनका अध्यक्ष कार्कीले मृगौला रोगी मगरलाई हस्तान्तरण गरेका हुन ।

हरिवन सुनचाँदी व्यावसायी संघका अध्यक्ष निरन्जन कुमार साह र स्थानीय युवा धनराज बुढाथोकीको विशेष पहलमा हरिवन बजारका व्यापारी व्यावसायीहरुका साथै स्थानीय युवा समाजसेवीहरु र वैदेशिक रोजगारीमा रहेका मानिसहरुबाट संकलन भएको रकम बागमती सेवा समाज नेपाल हरिवनका अध्यक्ष कार्कीले मृगौला रोगी मगरलाई हस्तान्तरण गरेका हुन ।
हरिवन नगरपालिका ८ निवासी मगर विगत केही महिनादेखि मृगौलाको खराबी भई उपचाररत अवस्थामा रहेकी र पारिवारिक अवस्था कमजोर रहेकी उनलाई बागमती सेवा समाज नेपाल हरिवनको विशेष पहलमा रकम संकलन गरि हस्तान्तरण गरिएको बागमती सेवा समाज नेपाल हरिवनका कार्कीले जानकारी दिए । उनले धेरै ठूलो रकम नभएपनि मानवियता नाताले सानो भएपनि सहयोग पुगोस भनेर रकम संकलन गरि हस्तान्तरण गरिएको बताए ।

सम्बन्धित समाचार