सर्लाहीको लालबन्दी नगरपालिका ७ मा सञ्चालित लालबन्दी स्टार अस्पताल प्रा.लि मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ ।लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले केही दिन पहिला गरेको नगर भित्रका नीजि स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमनको क्रममा लालबन्दी नगरपालिका ७ मा सञ्चालित लालबन्दी स्टार अस्पताल प्रा.लि मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो ।
नगर भित्रका ६९ वटा नीजि स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन गर्दा लालबन्दी नगरपालिका ७ मा डा.राजिव कुमार साहले सञ्चालन गरेको लालबन्दी स्टार अस्पताल प्रा.लि मापदण्ड विपरित सञ्चालन भएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।नगरपालिकाको अनुगमन समिति र स्वास्थ्य शाखाले गरेको स्थलगत अनुगमन पछि आफ्नो नीजि स्वास्थ्य संस्थाहरुको आवश्यक सम्पुर्ण कागजात पेश गर्न निर्देशन गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । जस अनुसार लालबन्दी नगरपालिका ७ मा सञ्चालित लालबन्दी स्टार अस्पताल प्रा.लिले कुनै पनि कागजात पेश नगरेको हो ।
लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख एवम अनुगमन समितिकी संयोजक कल्पना माया पाख्रिङको अध्यक्षतामा मंसिर १९ गते बसेको सामाजिक विकास समिति र विषयगत समितिले लालबन्दी नगरपालिकाको अनुगमन समिति र नगर स्वास्थ्य शाखाले मागेको आवश्यक कागजातहरु पेश नगरेको लालबन्दी नगरपालिका ७ मा डा.राजिव कुमार साहले सञ्चालन गरेको लालबन्दी स्टार अस्पताल प्रा.लि लाई आवश्यक कागजात पेश नगरेकोले मापदण्ड पुरा नगरेको पाइएको भन्दै बन्द गर्ने निर्णय समेत गरेको छ ।