सिन्धुलीको दुधौली नगरपालिकाको विभिन्न वडामा चार दिन सम्म सन्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा एक हजार ६० जनाको आँखा जाँच गरिएको छ ।शिविरबाट एक सय २५ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् भने अन्यलाई औषधी तथा चस्मा वितरण गरिएको आयोजक नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका अध्यक्ष असोक श्रेष्ठले जानकारी दियो ।
दुधौली नगरपालिका १० का तीन सय १५ जना र दुधौली नगरपालिका १० का तीन सय १५ जनाको निःशुल्क आँखा जाँच गरिएको आयोजकले जनाएको छ ।उक्त आँखा जाँच शिविरमा दुई सय ८५ जनालाई औषधी र एक सय ३९ जनालाई आवश्यक अनुसार निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ ।त्यस्तै दुधौली नगरपालिकाको दुधौली बजारमा भएको निःशुल्क आँखा जाँच शिविरमा दुई सय दुई जनाको जाँच भएकोमा २७ जनामा मोतियाबिन्दुका बिरामी फेला परेका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।उनका अनुसार अन्य एक सय ८० जनालाई औषधी र ८७ जनालाई आवश्यक अनुसार निःशुल्क चस्मा वितरण गरिएको हो ।
दुधौली नगरपालिका ४ सिर्थौलीमा भएको निःशुल्क आँखा जाँच शिविरमा दुई सय २८ जनाको जाँच गरिएकोमा १७ जना मोतियाबिन्दु देखा परेको थियो भने अन्य दुई सय जनालाई औषधी र ९१ जनालाई चस्मा वितरण गरिएको थियो ।दुधौली नगरपालिका १ र दुधौली नगरपालिका २ मा तीन सय १५ जनाको निःशुल्क आँखा जाँच गरिएकोमा मोतियाबिन्दुका ३५ जना बिरामी फेला परेका थिए भने तीन सय जनालाई औषधी र एक सय २५ जनालाई चस्मा वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका अध्यक्ष श्रेष्ठले बताए ।
पुस ६ र ७ गते सिन्धुलीको रेडक्रस आँखा केन्द्रमा मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क आँखा सल्यक्रिया(अप्रेसन)गर्नको लागि बिरामीको छनोट गर्न शिविर सन्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका अध्यक्ष श्रेष्ठले बताए ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको आयोजना,तिलगंगा आँखा प्रतिष्ठान,काठमान्डौँ र जानकी आँखा अस्पताल जनकपुर लगायतको प्राविधिक सहयोगमा मोतियाबिन्दुका बिरामीको सल्यक्रिया हुने आयोजकले जनाएको छ ।