सर्लाहीको हरिवन नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ ।आर्थिक वर्ष ०७९÷०८० मा विभिन्न सुचकहरु पूरा गरि हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशमै प्रथम भएको भन्दै हरिवन नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)का स्वकीय सचिव गौमत महतोले जानकारी दिए ।उनका अनुसार मधेश प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहहरुको स्वास्थ्य सम्बन्धी सुचकहरुको मुल्यांकन गर्दा हरिवन नगरपालिका मधेश प्रदेश मै प्रथम भएको भन्दै हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले नगरका स्वास्थ्यकर्मीहरुलाई सममान गरेका हुन ।
मधेश प्रदेशकै १ सय ३६ स्थानीइ तहहरु मध्ये हरिवन नगरपालिकाले जिरो होम डेलेभरी प्रथम पटक सुरु गरेको,नगर प्रमुख ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत विभिन्न स्वास्थ्य सेवा, सुत्केरी गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा,विभिन्न रोगको शिविर,टेलिमेडिसीन लगायतका सेवाहरु प्रदान गरिएको हुदा हरिवन नगरपालिका मधेश प्रदेश मै स्वास्थ्य क्षेत्रमा प्रथम भएको हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।उनका अनुसार हरिवन नगरपालिका भित्रका सबै स्वास्थ्यकर्मीहरुको अथक प्रयास र लगानसिलता रहेका कारण उनीहरुलाई नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।