लालबन्दीमा क्षयरोग मुक्त नगरपालिका घाेषणा अभियान सुरु

2.5k Shares

शंखर पहाडी(गाैरब)
सर्लाहीको लालबन्दीमा क्षयराेग मुक्त नगरपालिका घाेषणाा अभियानकाे सुरुवात गरिएको छ । लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीकाे अध्यक्षता एवम सेभ द चिल्ड्रेनका हरिबाेल बजगाईकाे प्रमुख आतिथ्यतामा अभियानकाे सुरुवात गरिएको हाे ।
कार्यक्रममा नगर उप प्रमुख कल्पना माया पाख्रिङ,प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल लगायत विभिन्न वडाका वडा अध्यक्षहरुकाे आतिथ्यतामा अभियान सुरु गरिएको लालबन्दी नगरपालिकाकाे स्वास्थ्य शाखा प्रमुख मुमताज मिक्रानीले जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारले ल्याएकाे नीतिलाई स्थानीय तहकाे रुपमा लालबन्दी नगरपालिकाले पनि अवलम्बन गरेकाे हाे ।
वर्तमान अवस्थामा क्षयराेग कम चर्चाकाे रुपमा हेरिएको भए पनि क्षयराेग एकदम जर्जर अवस्थामा रहेकाे नगर स्वास्थ्य हाखाले जनाएको छ ।क्षयराेगका कारण देशभर वार्षिक १७ हजार र दैनिक ४४ जनाले ज्यान गुमाउने गरेका नगर स्वास्थ्य शाखाकाे भनाइ छ । जसका कारण पनि क्षयराेग मुक्त देश घाेषणा गर्ने सरकारले ल्याएकाे अभियानलाई साथमा साथ र हातमा हात मिलाउन लालबन्दी नगरपालिकाले क्षयराेग मुक्त घाेषणा अभियान सुरु गरेकाे स्वास्थ्य शाखा संयाेजक मिक्रानीले बताए ।

सम्बन्धित समाचार