बागमती सेवा समाजले सर्लाहीका नौ वटा बर्थिङ्ग सेन्टरलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड– १९) बाट बच्न बर्थिङ्ग सेन्टरका स्वास्थ्यकर्मीहरुका लागी बागमती सेवा समाजले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
सासापुर ,लक्ष्मीपुर कोद्राहा ,बरहथवा ,सेखौना,बग्दह ,सिसौटिया ,बिष्णु गाउँपालिका ,सुन्दरपुर ,पिपरिया लगायतका ठाउँहरुमा रहेका प्रसुती गृहलाई स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका निर्देशक निरज भण्डारीले जानकारी दिनु भयो । बागमती सेवा समाजले अस्ट्रेलियन सरकार र आड्रा नेपालको सहकार्यमा स्वास्थ्य सामाग्री सहयोग गरेको बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनु भयो । संस्थाका अध्यक्ष कार्की र आड्रा नेपालका कार्यक्रम प्रबन्धक दिवाकर झाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । संस्थाले प्रत्येक बर्थिङ्ग सेन्टरहरुलाई स्यानेटाईजर, एप्रोन ,माक्स, ग्लोब्स लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको हो ।
जिल्लामारहेका १० वटा बर्थिङ्ग सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने लक्ष्य रहेकोमा शुक्रवार ९ वटा र बाँकी रहेको गौरीशंकर बर्थिङ्ग सेन्टरलार्ई पनि चाँडैै स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको बागमती सेवा समाजका अध्यक्ष कार्कीले बताउनुभयो