4.7k
Shares
सर्लाहीको हरिवन नगरपालिकामा २९ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ ।
भारत लगायत अन्य देशबाट आएर नगरपालिकाले तोकेको क्वारेन्टाइनमा तथा होम क्वारेन्टाइनमा बसिरहेका २९ जनाको आइतवार आरडीटी विधीबाट परीक्षण गर्दा कसैमा कोभिड–१९ नदेखिएको नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईले जानकारी दिनुभयो । पछिल्लो क्रममा प्रदेश नम्बर २ मा पनि कोरोना भाईरस संक्रमणका घटनाहरु बढी रहेको समयमा नगरपालिकाले आफ्नोनगर भित्रका क्वारेन्टाइनमा बसेका नागरीकहरुको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) टेष्ट गरिएको थियो ।
जसमा टेष्ट गरिएका सबै २९ जनाकै यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।