743
Shares
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेर तीन हजार ८२५ रुपैयाँ कायम भएको छ।
बिहीबार चाँदी प्रतितोला तीन हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।