708
Shares
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको हो। त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेको छ।
बुधबार प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यससँगै बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा गिरावट आएको छ।