काठमाडौँ, कात्तिक ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ।
राष्ट्रप्रमुखले बडादसैँका अवसरमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको पूजा गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले मङ्गलबार प्रथम महिला सबिता पौडेलसहित नवकन्याको पूजाअर्चना गर्नुभएको हो।
दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गर्ने धार्मिक परम्परा छ।
राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइदिएर उपहारसमेत प्रदान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
बडादसैँमा नवदुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गर्ने परम्पराले नेपाली समाजको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई झल्काउने गरेको छ।