862
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन तथा पूजाअर्चना गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित उपत्यकाका विभिन्न देवी मन्दिरमा पुगेर पूजाअर्चना गर्नुका साथै टीकाप्रसाद ग्रहण गरेका हुन्।
यस क्रममा राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन्।
बडादसैँका अवसरमा शक्तिपीठमा दर्शन तथा पूजाआजा गर्ने धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले विभिन्न देवी मन्दिर पुगेर आराधना गरेका हुन्। दसैँमा उपत्यकाका शक्तिपीठमा भक्तजनको चहलपहल बढ्ने गरेको छ।