क, ख र ग वर्गका बैंकलाई ३० अर्बको निक्षेप संकलनमा सहभागी हुन आह्वान

1.1k Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्ब बराबरको एकमहिने निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

बोलकबोलमा सहभागी संस्थाले न्यूनतम रु १० करोडदेखि अधिकतम आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। बोलकबोल रकम रु १० करोडले भाग गर्दा निःशेष भाग जाने हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप सङ्कलनमार्फत बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले उक्त उपकरण जारी गर्न लागेको हो।

सम्बन्धित समाचार