960
Shares
राजविराज, असोज १३ गते । सप्तकोशी नदीमा पानीको बहाव क्रमशः घट्दै गएको छ। कोशी ब्यारेजमा मंगलबार दिउँसो पानीको बहाव एक लाख २२ हजार ८५५ क्युसेक मापन गरिएको छ।
कोशी ब्यारेजस्थित मापन केन्द्रका अनुसार नदीको बहाव हाल स्थिर अवस्थामा रहेको छ। ब्यारेजको अवस्था पनि सामान्य रहेको जनाइएको छ। ब्यारेजका कुल ५६ वटा ढोकामध्ये १५ वटा ढोका खुला राखिएको छ।
पानीको बहाव घट्दै गएसँगै कोशी नदी आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम तुलनात्मक रूपमा कम भएको छ। यद्यपि पुनः वर्षा भएमा नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
सम्बन्धित निकायले नदीको जलस्तर र बहावको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।