विपद्लाई ‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन : सांसद खरेल
1.1k
Shares
काठमाडौं । सांसद जगदीश खरेलले विपद्लाई ‘दैवी प्रकोप’ भनेर मात्र व्याख्या गरेर पन्छिन नमिल्ने बताएका छन्। उनले विपद् प्राकृतिक तथा मानवीय गतिविधिका कारण सिर्जना हुने भएकाले यसको न्यूनीकरण र व्यवस्थापनका लागि राज्यले प्रभावकारी संरचना बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले विपद् व्यवस्थापनलाई परम्परागत ढंगले हेर्नेभन्दा जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन्। विपद्का कारण हुने जनधनको क्षति कम गर्न दीर्घकालीन योजना र व्यवस्थित तयारी आवश्यक रहेको उनको भनाइ छ।
सांसद खरेलले विपद् व्यवस्थापनसम्बन्धी सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि संरचनागत सुधार आवश्यक रहेको बताएका छन्। उनले विपद्लाई केवल भाग्य वा दैवी घटनाका रूपमा हेर्ने प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन्।