कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा सडक माथिबाट खसेको ढुंगा बसमा लाग्दा चार जना यात्रु घाइते भएका छन्। सडक छेउको भागबाट अचानक खसेको ढुंगाले बसमा सवार यात्रुलाई लागेको हो।
घटनामा घाइते भएका चारै जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको जनाइएको छ। घाइतेहरूको अवस्था तथा घटनाबारे थप विवरण संकलन भइरहेको छ।
वर्षायाममा सडक माथिबाट ढुंगा तथा पहिरो खस्ने जोखिम बढ्ने भएकाले उक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।